• गृहपृष्ठ
  • बिवाद पछि दुर्गेश थापाले ल्याए “माझी दाई”(हेर्नुस् भिडियाे)

बिवाद पछि दुर्गेश थापाले ल्याए “माझी दाई”(हेर्नुस् भिडियाे)

Jan 8th, 2022

काठमाडौ, पुस २४
गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत सार्वजनिक भएको छ । दुर्गेश थापाले आफ्नो नयाँ गीत नयाँ बर्षको अवसरमा सार्वजनिक गरेका हुन । दुर्गेश थापा र सम्झना लामिछाने मगरको स्वरमा “माझी दाई” नामक नयाँ म्युजिक भिडियो आज सार्वजनिक गरेका हुन ।

भिडियोमा गायक तथा मोडल दुर्गेश थापा, ऋतु तामाङ, दिपेश बिसी, दुर्गा बिरही, प्रमीता राजघतानी, आर्जु शाह, जगदीश सापकोटालाइ देख्न सकिन्छ । गीतमा दुर्गा बिरहीको संगीत रहेको छ भने जगदीश सापकोटाको उत्कृष्ट शब्द रहेको छ ।

यस गीतको भिडियोलाइ शिब बिकले निर्देशन गरेका हुन भने भिडियोलाइ राम केसीले छायांकन गरेका छन । सम्पादन भने पदम सुबेदीले गरेका हुन ।