• गृहपृष्ठ
  • सुमनले अमेरिकाबाटै बनाए यो जीवन मिठोको भिडियो (भिडियो सहित)

सुमनले अमेरिकाबाटै बनाए यो जीवन मिठोको भिडियो (भिडियो सहित)

Jan 8th, 2022

काठमाडौं, पुस २४
नयाँ गीत यो जीवन मिठोको भिडियो शुक्रबार रिलिज गरिएको छ । यो गीतको भिडियोलाई सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

यो जीवन मिठो गीतलाई सुदन डोटेलले लेखेका हुन । जसमा कृष्ण काफ्ले र रिता केसीको स्वर रहेको छ । गीतमा सरोज प्याकुरेलले संगीत सृजना र मनोहर सुनामले संगीत संयोजन गरेका छन । सयुक्त राज्य अमेरिकामा बसेर पनि म्युजिक भिडियो, लघू चलचित्र तथा लोक दोहोरी कार्यक्रम निर्देशन गर्दै आएका सुमन दाहालको निर्देशनमा यो गीतको भिडियो तयार गरिएको हो । भिडियोलाई सयुक्त राज्य अमेरिकाको ल्याक्जिङटन शहरका आसपासमा छायाँकन गरिएको हो । भिडियोका दृष्यहरु मनमोहक छन ।

गीतको भिडियोमा युगल जोडीको प्रगाढ प्रेमलाई प्रस्तुत गरिएको छ । जसमा मोडलको रुपमा भुवन लोहनी र अन्जली दियाली प्रस्तुत भएका छन । उनीहरु रोमान्टिक जोडीकोरुपमा भिडियोमा अभिनयरत छन । नया कलाकार भएर पनि सुमनले उनीहरुलाई परिपक्क कलाकार जस्तै अभिनयमा प्रस्तुत गरेका छन ।

अक्की शर्माको खिचेको यो गीतको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन । जसमा रंग सँयोजन रेनिश फागोको रहेको छ ।