• गृहपृष्ठ
  • शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको छ : शिक्षा मन्त्री पौडेल

शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको छ : शिक्षा मन्त्री पौडेल

Jan 8th, 2022

काठमाडौ, पुस २४
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताएकाछन । शनिबार काठमाडौं आयोजित एशोसियएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताएका हुुन ।

बाल्यावस्थामा बालबालिको सर्वाङगिक विकास हुने चरण भएकाले उनीहरुको भविष्य कस्तो हुने भन्नेमा शिक्षकहरुको पनि जिम्मेवारी हुने उनको भनाइ छ । ‘बाल्यावस्थामा अनुशासन, शिक्षा, र सस्कार सिकाउने कुरा हुन्छ’, उनले भने । ‘आमापछिको पाठशाला भनेको विद्यालय नै हो ।’ बच्चाको भावना बुझ्ने कुरामा पुरुष भन्दा महिलाहरु नै अघि भएको बताउँदै पेशामा लाग्नेहरुलाई संस्थाले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । ‘तपाईंहरुका अप्ठ्याराहरु छन् मैले बुझ्छु’ उनले भने, ‘ तोकिएको तलब तथा अन्य समस्याहरु मन्त्रालयले समाधान गर्छ ।’

मन्त्री पौडेलले बालविकासका शिक्षकहरुलाई सरकारले तोकेको तलब उपलब्ध गराउन आफूले स्थानीयतहहरुसँग समन्वय गरिरहेको बताए । कार्यक्रममा देशका उत्कृष्ट प्रि–स्कुललाई अवार्ड प्रदान गरिएको थियो ।