• गृहपृष्ठ
  • टिका दाहालको संगीतमा एकै नजरमा सार्वजनिक (भिडियो)

टिका दाहालको संगीतमा एकै नजरमा सार्वजनिक (भिडियो)

Jan 7th, 2022

काठमाडौं, पुस २३
संगीतकार टिका दाहालले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात एकै नजरमाको म्युजिक भिडियो सार्वजनिक गरेकाछन । लामो समयदेखि अस्ट्रेलिया बस्दै आएका संगीतकार दाहालका यसअघि पनि थुप्रै गीतहरु स्रोता माझ लोकप्रिय छन ।

उनको नयाँ गीतमा स्वर भोइस अफ नेपालको मञ्चबाट परिचित गायक बिक्की परियारको रहेको छ । प्रेमिल भाव बोकेको गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ । राहुल प्रधानको संगीत संयोजन रहेको छ । कालिञ्चोक वरपर छायाँकन गरिएको भिडियोमा बिकाश लामिछाने र बिना राउत बीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ ।

बुद्ध थापाले खिचेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन । केशव राज भट्टको निर्देशनमा भिडियो तयार पारिएको हो । संगीतकार दाहालको आधिकारिक च्यानल टिका दाहाल म्युजिक मार्फत भिडियो सार्वजनिक भएको हो ।