• गृहपृष्ठ
  • वैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

वैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

Jan 7th, 2022

काठमाडौ, पुस २३
वैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले पक्राउ गरेको जानकारी दिएको छ । काठमाडौ महानगरपालिका वडा नम्वर १० बस्ने ४१ बर्षिय राजेन्द्र कुमार श्रेष्ठलाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको सिआईबीको भनाई छ ।

सिआइबीका अनुसार श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवालालाई झुक्यानमा पारी बिसं २०७६ साल कात्र्तिक २० गते सिभिल बैक लिमिटेड, शाखा कार्यालय, भक्तपुरको चेक काटी दिएको बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गर्दै उच्च अदालत पाटनबाट २०७८ असोज १० गते प्रतिवादी श्रेष्ठको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम पाँच दिन कैद र २६ लाख रुपैंया जरिवाना फैसला भएको थियो ।

उक्त फैसला पश्चात फरार रहेका श्रेष्ठलाई ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले प्रतिबादी श्रेष्ठलाई वानेश्वर, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि शुक्रबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।