• गृहपृष्ठ
  • नेप्से उच्च अंकले बढ्यो ,११ वटा समुहले कमाउँदा दुई वटा समुहले गुमाए

नेप्से उच्च अंकले बढ्यो ,११ वटा समुहले कमाउँदा दुई वटा समुहले गुमाए

Jan 6th, 2022

काठमाडौ, पुुस २२
नेप्से उच्च अंकले बढेको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से ४३ दसमलव २९ अंकले बढेर २६ सय ९२ दसमलव ४७ अंकमा पुुग्दा सेन्सिटिभ पनि नौ दसमलव १६ अंकले बढेर पाँच सय छ दसमलव १६ अंकमा चढेको छ । दुई सय ३८ वटा कम्पनीहरुको ४८ हजार एक सय ६१ पटकको कारोवारमा ७३ लाख ३६ हजार तीन सय ३४ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम तीन अर्ब ६७ करोड ६८ लाख ४६ हजार तीन सय ४९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोवार हुंदा टे«डिङ र उत्पादनमुलक समुहहरुको घटेर बाँकी समुहहरुको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३५ दसमलव सात अंकले बढेर १८ सय ३२ दसमलव २९ अंंकमा पुग्दा बिकास बैंक समुहको सुचक पनि ८८ दसमलव ४८ अंकले बढेर ४६ सय ८४ दसमलव २२ अंकमा पुुगेको छ । जलबिद्युुत समुहको सुचक पनि ७२ दसमलव दुई अंकले बढेर २९ सय ८६ दसमलव ६४ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ४३ दसमलव ९३ अंकले बढेर १२ हजार एक सय ३९ दसमलव ६५ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, जीवन बीमा, होटल तथा पर्यटन, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा तेह्थुम पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेपाल बंगलादेश बैकको ऋणपत्र २०८५ परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपी पावर लिमिटेड परेको छ ।