एकैदिन ३० अंकले घट्यो नेप्से

Jan 5th, 2022

काठमाडौ, पुस २१
नेप्से घटेको छ । आज बुधबार नेप्से ३० दसमलव ७५ अंकले घटेर २६ सय ४९ दसमलव २० अंकमा पुुग्दा सेन्सिटिभ पनि छ दसमलव ६८ अंकले घटेर चार सय ९७ दसमलव तीन अंकमा झरेको छ । दुई सय ३६ वटा कम्पनीह्रुको ५८ हजार पाँच सय ७२ पटकको कारोवारमा ९५ लाख ५९ हजार चार सय २९ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम चार अर्ब ६२ करोड १५ लाख ९८ हाजार पाँच सय ८३ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोवार हुंदा जलबिद्युत र फाईनान्स समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २७ दसमलव ७९ अंकले घटेर १७ सय ९७ दसमलव ३४ अंकमा पुुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ७९ दसमलव ८६ अंकले घटेर ४५ सय ९५ दसमलव ४५ अंकमा पुगेको छ । यसैगरी निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुके सुचीमा मध्यभोटेकोशी जलबिद्युुत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने बिजय लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट परेको छ ।