• गृहपृष्ठ
  • श्रोत खुलाउन नसकेको रुपैयाँसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ

श्रोत खुलाउन नसकेको रुपैयाँसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ

Jan 4th, 2022

मोरङ्ग, पुस २०
मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित सीमा ईलाकाबाट पौष १९ गते सशस्त्र प्रहरीले पाँच लाख ३६ हजार नेपाली रुपैयाँ र २ हजार एक सय भारतीय रुपैयाँसहित भारत घर बताउने ५० बर्षिय नन्दलाल बहेतीलाई पक्राउ गरेको छ ।

बि.आर. ३८ एच ०१८२ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज बहेतीले उक्त रुपैयाँकोे श्रोत खुलाउन नसकेपछि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रानीले पक्राउ गरेको हो ।

पक्राउ परेका बहेतीलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।