• गृहपृष्ठ
  • नेप्सेमा उच्च बृद्धि ,गुमाउने समुह भन्दा कमाउने समुह धेरै

नेप्सेमा उच्च बृद्धि ,गुमाउने समुह भन्दा कमाउने समुह धेरै

Jan 4th, 2022

काठमाडौ, पुस २०
नेप्से बढेको छ । नेप्से आज मंगलबार ६३ दसमलव एक अंकले बढेर २६ सय ७९ दसमलव ९५ अंकमा पुुग्दा सेन्सिटिभ पनि १५ दसमलव ८५ अंकले बढेर पाँच सय तीन दसमलव ७२ अंकमा चढेको छ । दुई सय ३४ वटा कम्पनीहरुको ५५ हजार तीन सय ७८ पटकको कारोवारमा ९१ लाख १० हजार सात सय ५८ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम चार अर्ब ३२ करोड दुुई लाख ६९ हजार आठ सय २८ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोवार हुंदा उत्पादनमुलक र अन्य समुहको सुचक घटेकाछन भने बाँकी समुहहरुको सुचक भने बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ६३ दसमलव ६७ अंकले बढेर १८ सय २५ दसमलव १३ अंकमा पुुग्दा जलबिद्युुत समुहको सुचक पनि ८७ दसमलव ५४ अंकले बढेर २९ सय दसमलव ३७ अंकमा चढेको छ । फाईनान्स समुहको सुचक पनि ७९ दसमलव एक अंकले बढेर २२ सय नौ दसमलव ८३ अंकमा पुुग्दा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा सप्तकोशी डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल बंगलादेश बैंक परेको छ ।