• गृहपृष्ठ
  • ज्ञानेन्द्र तामाङ र बिपना गोलेको मुख्य अभिनयमा ‘नखोज है भाउ’ सार्वजनिक (भिडियो)

ज्ञानेन्द्र तामाङ र बिपना गोलेको मुख्य अभिनयमा ‘नखोज है भाउ’ सार्वजनिक (भिडियो)

Jan 4th, 2022

काठमाडौ, पुस २०
गायक राजु बिरही सापकोटा र गायिका रजनी लामाको स्वरमा रहेको काठे लोक दोहोरी गीत ‘नखोज है भाउ’ को भिडियो मिलन फिल्मसको युटुव च्यानल मार्फत सार्बजनिक भएको छ । मकवानपुरे ठिटो र धादिङे नानिको मायाको परिबेशलाई गीतको भिडियोमा समेटिएको छ ।
केटा र केटीको मन परापर भएसी भाउ खोज्न नहुने र एक अर्काको प्रेम भावनालाई बुझ्यो भने प्रेम सफल हुन्छ भन्ने कुरा सो गीतमा ब्यक्त गरिएको छ । प्रेम र रोमान्सलाई गीतमा समावेश गरिएको छ । बबि लामा र रजनी लामाको सयुक्त प्रस्तुती रहेको सो गीतमा शब्द अनि संगीत पनि राजु सापकोटाले गरेका छन ।

सरोज शाहीको छायाँकन, रोशन धितालको सम्पादन तथा राजु सापकोटाको निर्देशन भिडियोमा रहेको छ । ‘नखोज है भाउ’ गीतको भिडियोमा ज्ञानेन्द्र तामाङ र बिपना गोलेको मुख्य अभिनय रहेको छ ।