• गृहपृष्ठ
  • पेस्तोलसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ

पेस्तोलसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ

Jan 3rd, 2022

महोत्तरी, पुस १९
महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिका ९ स्थित पिपराडीबाट पौष १८ गते सशस्त्र प्रहरीले मेडईन यू.एस.ए. लेखेको १ नाल पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २४ बर्षिय मोहमद राजा कवाडी छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश खुट्टापिपराडीले उक्त पेस्तोल तथा ११ वटा नाईट्रोभेट ट्याब्लेट र १० गा्रम गाँजा समेत फेला पारेको हो । पक्राउ परेका कवाडीलाई बरामद पेस्तोल तथा लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
यसैगरी बारा जिल्लाको सीम्रौणगढ नगरपालिका ६ स्थित सीमा ईलाकाबाट पौष १९ गते सशस्त्र प्रहरीले ८ लाख नेपाली रुपैयाँसहित भारत घर बताउने विकी कुमार दास लाई पक्राउ गरेको छ ।

नम्बर प्लेट नभएको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज दासलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र बोर्डर आउट पोष्ट गोलागंजले फेला पारेको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।