• गृहपृष्ठ
  • नेप्सेमा उच्च बृद्धि ,गुमाउने भन्दा कमाउने समुह धेरै

नेप्सेमा उच्च बृद्धि ,गुमाउने भन्दा कमाउने समुह धेरै

Jan 3rd, 2022

काठमाडौ, पुुस १९
नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन बढेको नेप्से आज सोमबार पनि ३२ दसमलव दुई अंकले बढेर २६ सय १७ दसमलव ९४ अंकमा पुग्दा सेन्सिटिभ पनि पाँच दसमलव ८६ अंकले बढेर चार सय ८७ दसमलव ८७ अंकमा चढेको छ । दुई सय ३० वटा कम्पनीहरुको ५४ हजार पाँच सय पाँच पटकको कारोवारमा ८२ लाख पाँच हजार ५२ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम चार अर्ब ५३ करोड ३० लाख १७ हजार एक सय ७९ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोवार हुंदाा आज उत्पादनमुलक समुहको सुचक घटेर बाँकी १२ वटा समुहहरुको सुचक भने बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २५ दसमलव चार अंकले बढेर १७ सय ६१ रुपैयाँ ४६ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि ४२ दसमलव ८१ अंकले बढेर २१ सय ३० दसमलव ८२ अंकमा चढेको छ । निर्जिवन बीमा समुहको सुुचक पनि ६१ दसमलव ३६ अंकले बढेर १२ हजार ८२ दसमलव ८४ अंकमा चढेकोमा जीवन बीमा, बिकास बैंक, जलबिद्युत, ट्रडिङ, होटल तथा पर्यटन, अन्य, लघुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा मध्यभोटेकोशी जलबिद्युुत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा रुरु जलबिद्युुत कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा भने हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।