एकैदिन ६० अंकले बढ्यो नेप्से

Jan 2nd, 2022

काठमाडौं पुस १८
नेप्से बढेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ६० दसमलव ४१ अंकले बढेर २५ सय ८४ दसमलव ९१ अंकमा पुग्दा सेन्सिटिभ पनि १० दसमलव ७७ अंकले बढेर चार सय ८२ दसमलव एक अंकमा पुगेको छ । आज दुई सय ४० वटा कम्पनीहरुको ५३ हजार एक सय २२ पटकको कारोवारमा ७१ लाख ६० हजार नौ सय ८३ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम चार अर्ब १२ करोड ६९ लाख ८० हजार ६७ रुपैयाँ ५३ पैसा पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोवार हुंदा आज सामुहिक लगानी कोष समुहहरुको सुचक घटेर बाँकी समुहरुको सुचक उच्च अंकले बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३३ दसमलव ९३ अंकले बढेर १७ सय ३६ दसमलव छ अंकमा पुुगेको छ भने फाईनान्स समुहको सुचक पनि १२ दसमलव ९३ अंकले बढेर दुई हजार ८८ दसमलव एक अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि तीन सय ४४ दसमलव २८ अंकले बढेर १४ हजार पाँच सय ५५ दसमलव १६ अंकमा पुुगेको छ भने बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुुबित्त, अन्य र टे«डिङ समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा गोर्खाज फाईनान्स लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पनि हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।