• गृहपृष्ठ
  • प्रबेश र सिर्जना अभिनित ‘अनलाईन’ सार्वजनिक(भिडियो)

प्रबेश र सिर्जना अभिनित ‘अनलाईन’ सार्वजनिक(भिडियो)

Jan 2nd, 2022

काठमाडौ, पुुस १८
युवापुस्ताले सामाजिक संजाल मार्फत व्यक्त गर्ने प्रेम र भावनालाई समेटेर तयार पारिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘अनलाईन’ सार्वजनिक भएको छ । यस गीतमा स्वर अमेरिकामा बस्दै आएका प्रतिभाशाली युवा गायक प्रबेश राईको रहेको छ ।

गीतमा शब्द संगीत समेत गायक राईको नै रहेको छ । गीतलाई जीआर उप्रेतीले संगीत संयोजन गरेका हुन । अनलाईनमा भएकी प्रेमिकाले नबोल्दा प्रेमीको मनमा आएको छटपटी र दुखेसोलाई भिडियोमा देखाइएको छ । अमेरिकामा नै छायाँकन भएको भिडियोलाई भिम लामिछानेले छायाँकन गरेका हुन भने राजेश शाहले सम्पादन गरेका हुन ।

म्युजिक भिडियोमा गायक प्रबेश राई, सिर्जना भुजेल र बादल मगरको अभिनय रहेको छ । प्रबेश, प्रज्वल र सागरको परिकल्पनामा तयार पारिएको भिडियोलाई ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो । आफ्नो पहिलो प्रयासलाई हेरेर सुनेर प्रतिक्रिया दिन गायक राईले सबैलाई आग्रह गरेका छन ।