जेल पुगे इच्छाराज, के थियो अपराध ?

Dec 30th, 2021


आधारभूमि संवाददाता

काठमाडौँ १५ पुस

सिभिल सेभिङ तथा क्रेडिट कोअपरेटिभका संस्थापक अध्यक्ष तथा सिभिल ग्रुपका अध्यक्ष पूर्व सांसद इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन् ।

उनीमाथि सीआईबीको अनुसन्धानपछि सो सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको भन्दै ठगी तथा संगठित अपरामा मुद्दा चलाइएको छ ।

सो मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालतले बुधबार पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १५ सयभन्दा बढी बचतकर्ताको ५ अर्ब ६७ करोड रुपैयाँ ठगेको भन्दै सोही बमोजिमको बिगो दाबी गर्दै तामाङसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालत काठमाडौँले सो सहकारी सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । अदालतले अन्य ९ जनालाई धरौटीमा छाडेको छ भने एकजनालाई साधारण तारेखमा छाडेको छ ।