• गृहपृष्ठ
  • ‘ए रिमै पन्चे बाजा बजाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो)

‘ए रिमै पन्चे बाजा बजाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो)

Dec 30th, 2021

काठमाडौ, पुस १५
गायक विवश बस्नेत र पुर्णिमा लामाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । ‘ए रिमै पन्चे बाजा बजाई’ बोलको पन्चे बाजा गीतमा शब्द तथा संगीत दिपक शर्माको रहेको छ । नरेन्द्र वियोगीले संगीत संयोजन गरेको गीतमा पछिल्लो समयका ब्यस्त मोडल तथा कोरियोग्राफर सुनिल क्षेत्रि फिचर्ड छन् । भिडियोमा क्षेत्रिको साथमा विनिता परियार,महादेव त्रिपाठी र सुनिता फिचर्ड छन् ।

पवन सुस्लिङ्गले छायाँकन तथा सम्पादन गरेको भिडियोमा सुनिल क्षेत्रिको कोरियोग्राफी र निर्देशन रहेको छ । भिडियो डिएआर मुभिजको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ । माघ महिना लगनको महिना नजिकदै गर्दा पन्चे बाजागीतको भिडियो दर्शक श्रोताले मन पराउनेमा निर्माण टिम ढुक्क रहेको छ ।