नेप्सेमा झिनो अंकले सुधार

Dec 29th, 2021

काठमाडौ, पुुस १४
नेप्सेमा झिनो अंकले सुधार आएको छ । नेप्से आज बुधबार पाँच दसमलव ५१ अंकले बढेर २५ सय २४ दसमलव ५० अंकमा पुगेको छ भने सेन्सिटिभ पनि शुन्य दसमलव २६ प्रतिसतले बढेर चार सय ७१ दसमलव २५ अंकमा चढेको छ । दुई सय २८ वटा कम्पनीहरुको ४२ हजार पाँच सय १२ पटकको कारोवारमा ५६ लाख ३८ हजार दुई सय ७९ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम तीन अर्ब ६२ करोड ३४ लाख ८० हजार दुुई सय ९२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा आज आठ वटा समुहको सुचक बढेर पाँच वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ७६ अंकले बढेर १७ सय दुई दसमलव १२ पुुगेको छ भने जलबिद्युुत, निर्जिवन बीमा, लघुुबित्त, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि बढेकाछन । बिकास बैक समुहको सुचक भने आज २९ दसमलव नौं अंकले घटेर ४२ सय २५ दसमलव आठ अंकमा पुग्दा फाईनान्स, जीवन बीमा र लगानी समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा मध्यभोटेकोशी जलबिद्युत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नारायणी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।