• गृहपृष्ठ
  • बसपार्कमा एक महिलामाथि सामुहिक बलात्कार, ८ जना पक्राउ

बसपार्कमा एक महिलामाथि सामुहिक बलात्कार, ८ जना पक्राउ

Dec 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौं १४ पुस।

काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । मंगलबार राती अन्दाजी ३२र३३ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको महानगरीय प्रहरी परिसरले जनाएको छ । प्रहरीका अनुसार बलात्कारको आरोपमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूको विवरण प्रहरीले सार्वजनिक गरेको छैन । पीडितमहिलाले प्रहरीलाई दिएको जानकारीअनुसार सामूहिक बलात्कारमा ९ जना संलग्‍न थिए । तीमध्ये आठ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा मुगुका युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, गोपालकुमार श्रीस र अर्का एक व्यक्ति छन् ।

घटनाबारे थप अनुसन्धान जारी छ । घटनाबारे प्रहरी प्रभाग, बसपार्कमा जानकारी आएलगत्तै काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरी सहितको टोली त्यहाँ पुगेको थियो । त्यसपछि सीसी टीभी फुटेज र प्राविधिक विश्लेषण गरेर घटनामा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।