करीब १ सय ५० के.जी. गाँजा बरामद

Dec 28th, 2021

पर्सा, पुस १३
पर्सा जिल्लाको पोखरिया नगरपालिका ३ स्थित सीमा ईलाकाबाट पौष १२ गते सशस्त्र प्रहरीले करीव १ सय ५० के.जी. गाँजा बरामद गरेको छ ।
सोही ठाउँमा रहेको बा ५ च ६५५३ नम्बरको पिकअप गाडीमा शंका लागि जाँच गर्दा उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले बरामद गरेको हो । बरामद गाँजा स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।