झण्डै तीन अंकले घट्यो नेप्से

Dec 28th, 2021

काठमाडौ, पुुस १३
नेप्से झण्डै तीन अंकले घटेको छ । साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्से दुई दसमलव ६६ अंकले घटेर २५ सय १८ दसमलव ९९ अंकमा झर्दा सेन्सिटिभ पनि शुन्य दसमलव ९९ अंकले घटेर चार सय ७० दसमलव ९८ अंकमा झरेको छ । दुई सय ३० वटा कम्पनीहरुको ४२ हजार ५८ पटकको कारोवारमा ५८ लाख २८ हजार सात सय ८३ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम तीन अर्ब १२ करोड ५५ लाख ७५ हजार छ सय ३२ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा छ वटा समुहले कमाएकाछन भने सात वटा समुहले गुमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दसमलव ७४ अंकले घटेर १७ सय एक दसमलव ३७ अंकमा पुग्दा लघुबित्त समुहको सुुचक पनि २६ दसमलव २८ अंकले घटेर चार हजार आठ सय ८० दसमलव ४४ अंकमा पुगेको छ । यसैगरी निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन । बिकास बैंक समुहको सुचक भने चार दसमलव ८३ अंकले बढेर ४२ सय ५४ दसमलव ९८ अंकमा पुग्दा जलबिद्युत, फाईनान्स, टे«डिङ, उत्पादनमुलक र अन्य समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा मध्यभोटेकोशी जलबिद्युत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा गोर्खाज फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।