एकै दिन ६९ अंकले घट्यो नेप्से

Dec 27th, 2021

काठमाडौ, पुुस १२
नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज सोमबार ६९ दसमलव ७७ अंकले घटेर २५ सय २१ दसमलव ६५ अंकमा झरेको छ भने सेन्सिटिभ पनि १० दसमलव ८५ अंकले घटेर चार सय ७१ दसमलव ८९ अंकमा झरेको छ । दुई सय ३८ वटा कम्पनीहरुको ६७ सात सय ६० पटकको कारोवारमा एक करोड दुई लाख ९२ हजार दुई सय २६ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम पाँच अर्ब ६० करोड ७४ लाख ३९ हजार छ सय ७१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा १३ वटै समुहको सुचक घटेर नेप्से रातै भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २७ दसमलव ११ अंकले घटेर १७ सय १० दसमलव १० झरेकोमा फाईनान्स समुहको सुचक पनि ७० दसमलव ६१ अंकले घटेर दुई हजार ६१ दसमलव ५२ अंकमा झरेको छ । निर्जिवन बीमा समुहको सुचक पनि छ सय १८ दसमलव ४४ अंकले घटेर ११ हजार तीन सय ९५ दसमलव दुई अंकमा झरेको छ । यि बाहेक बिकास बैंक, जलबिद्युत, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा गोर्खाज फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा जोशी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नबिल बैंक लिमिटेड परेको छ ।