एकैदिन उच्च अंकले बढ्यो नेप्से

Dec 26th, 2021

काठमाडौ, पुुस ११
नेप्से उच्च अंकले बढेको छ । आज आईतबार नेप्से ७१ दसमलव दुई अंकले बढेर २५ सय ९१ दसमलव ४२ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि एक दसमलव १३ अंकले बढेर चार सय ८२ दसमलव ७४ अंकमा पुुगेको छ । दुई सय ३१ वटा कम्पनीहरुको ६२ हजार २१ पटकको कारोवारमा ८६ लाख एक हजार नौ सय ५६ कित्ता सेयर किनबेच भएकोमा आज कारोवार रकम पाँच अर्ब १७ करोड ३२ लाख पाँच सय तीन रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा आज जलबिद्युत र फाईनान्स समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २० दसमलव ४५ अंकले बढेर १७ सय ३७ दसमलव सात अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक नौ सय सात दसमलव एक अंकले बढेर १२ हजार आठ दसमलव ८६ अंकमा पुुगेको छ । यि बाहे बिकास बैंक, जीवन बीमा, बाहेक टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा एभरेष्ट इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा गोर्खाज फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नबिल बैंक परेको छ ।