• गृहपृष्ठ
  • ३० किलो पाँच सय ग्राम अवैध लागूऔषध गाँजा सहित पक्राउ

३० किलो पाँच सय ग्राम अवैध लागूऔषध गाँजा सहित पक्राउ

Dec 24th, 2021


मकवानपुर, पुस ९


हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट ३० किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा धनुषा नगराईन नगरपालिका २ बस्ने ३४ वर्षीय सुबोध मण्डल र पर्सा पटेरवा सुगौली गाउँपालिका(३ बस्ने ३९ वर्षीय मुकेश राउत थारु रहेका छन् ।


हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको एनएल ०१ सी ३६५४ भारतीय नम्बर प्लेटको गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा ३ वटा पोकामा गाडीको सिटमुनि लुकाई ल्याएको उक्त गाँजा सहित गाडी चालक मण्डल र गाडीमा सवार थारुलाई पक्राउ गरेको हो । उनीहरु उपर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।