• गृहपृष्ठ
  • एसएसपी सुशीलकुमार यादव आफ्नै निवासमा मृत फेला

एसएसपी सुशीलकुमार यादव आफ्नै निवासमा मृत फेला

Dec 24th, 2021


काठमाडौँ ९ पुस

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत अवस्थामा फेला परेका छन् । एसएसपी यादव शुक्रबार आफ्नै क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनी नेपाल प्रहरीको संघीय इकाई कार्यालय भैरहवाका प्रमुख थिए । घटना स्थलमा प्रहरीको अनुसन्धान टोली पुगिसकेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले घटना शंकास्पद भएकाले अनुसन्धान थालिएको जनाएको छ ।