• गृहपृष्ठ
  • दिगो विकासका लक्ष्य हासिल गर्न साना किसानले महत्वपूर्ण योगदान दिएको- कृषि मन्त्री यादव

दिगो विकासका लक्ष्य हासिल गर्न साना किसानले महत्वपूर्ण योगदान दिएको- कृषि मन्त्री यादव

Dec 23rd, 2021

काठमाडौ, पुष ८

प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाम स्थित आयोजित साना किसान सम्मेलन २०७८ को उद्घाटन समारोहमा संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले भने, गरिबी निवारण, खाद्य सुरक्षा, भोकमरीको अन्त्य, उत्पादन विकास, रोजगारी सिर्जना तथा पर्यावरण संरक्षण जस्ता दिगो विकासका लक्ष्य हासिल गर्न साना किसानले महत्वपूर्ण योगदान दिएको उनले बताएका छन् ।
यो किसानहरुको सम्मेलनबाट प्राप्त हुने सुझाव तथा पृष्ठपोषणले कृषि क्षेत्रको रुपान्तरण र उद्यमशीलता विकास हुनेमा हामी आशावादी छौं,’ मन्त्री यादवले भने ।

“उर्वर भूमि र समथर पाटो, जोगाउनु पर्छ तराईको माटो”भन्ने मुल नारा रहेको सो सम्मेलनको प्रमुख अतिथि समेत रहेका संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले बिहीबार सम्मेलनको उद्घाटन गरेका हुन् ।एक्सन एड नेपाल, वर्ल्ड भिजन, यूकेएड, फिअन, केयर र युरोपियन युनियन लगायतका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको सहकार्यमा उक्त सम्मेलन शुरु भएको हो ।

साना किसानहरुमा उद्यमशीलता विकास गराई कृषि सहकारीमार्फत कृषि क्षेत्रको रुपान्तरण गर्ने अभियानमा साना किसानहरुलाई परिचालन गर्न सघाउ पुग्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको आयोजक समितिले बताएका छन् ।