एकै दिन ९२ अंकले बढ्यो नेप्से

Dec 22nd, 2021

काठमाडौ, पुस ७
नेप्से उच्च अंकले बढेको छ । आज बुधबार एकै दिन नेप्से ९२ दसमलव १६ अंकले बढेर २५ सय सात दसमलव ७० अंकमा पुग्दा सेन्सिटिभ पनि १४ दसमलव ७४ अंकले बढेर चार सय ७७ दसमलव २६ अंकमा पुगेको छ । दुई सय ३३ वटा कम्पनीहरुको ५५ हजार नौ सय ९७ पटकको कारोवारमा ८१ लाख चार हजार तीन सय १९ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम चार अर्ब ५२ करोड ३३ लाख ३८ हजार एक सय ४३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोवार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो देखिएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ३७ दसमलव १४ अंकले बढेर १७ सय १२ दसमलव ७० अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि एक सय ६२ दसमलव ६६ अंकले बढेर २८ सय ५९ दसमलव ७० अंकमा पुुगेको छ । फाईनान्स समुहको सुचक पनि ७४ दसमलव छ अंकले बढेर २१ सय ९९ दसमलव ३१ अंकमा पुग्दा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पयर्टन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा गोर्खाज फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पनि आज हिमालयन डिष्ट्रिलरी प्राली नै परेको छ ।