एकैदिन ५६ अंकले बढ्यो नेप्से

Dec 21st, 2021

काठमाडौ, पुस ६
नेप्से उच्च अंकले बढेको छ । आज मंगलबार नेप्से ५६ दसमलव ७३ अंकले बढेर २४ सय १५ दसमलव ५६ अंकमा पुग्दा सेन्सिटिभ पनि ११ दसमलव ३४ अंकले बढेर चार सय ६२ दसमलव ५२ अंकमा चढेको छ । दुई सय २६ वटा कम्पनीहरुको ३४ हजार दुई सय १६ पटकको कारोवारमा ४९ लाख ७४ हजार दुई सय ५३ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम दुुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार आठ सय ४७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा १३ वटै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो देखिएको छ । ति मध्ये बाँणिज्य बैक समुहको सुचक ३२ दसमलव ९१ अंकले बढेर १६ सय ७५ दसमलव ५६ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि ३७ दसमलव ९२ अंकले बढेर २१ सय २४ दसमलव ७० अंकमा चढेको छ । निर्जिवन बीमा समुहको सुचक पनि दुई सय चार दसमलव ३४ अंकले बढेर १० हजार दुुई सय ३२ दसमलव ४३ अंकमा चढेकोमा बिकास बैंक, जलबिद्युत, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा ग्रिन डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा गोर्खाज फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।