• गृहपृष्ठ
  • दक्षिण कोरियाबाट हरिले ल्याए ‘दिलको हरन’ (भिडियो सहित)

दक्षिण कोरियाबाट हरिले ल्याए ‘दिलको हरन’ (भिडियो सहित)

Dec 21st, 2021

काठमाडौ, पुुस ६
प्रवासमा रहेर नेपाली संगीतमा आफ्नो भविष्य खोजिरहेका गायक हरि लिम्बु र लोकप्रिय गायिका मेलिना राईको स्वरमा सजिएको ’दिलको हरन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय संगीतकार शंकर थापा ‘स्माइल’ ले संगीतवद्ध गरेको यस गीतमा बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको शब्द रहेको छ । उदयराज पौडेलले यस गीतलाई संगीत संयोजन गरेका हुन् । नायक पल शाह र नायिका स्वस्तिमा खड्का बीचको अन्स्क्रिन रोमान्स म्युजिक भिडियो देख्न सकिन्छ ।

नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई सुबोल थापाले कोरियोग्राफी गरेका हुन् । दिन्सन शाहले सम्पादन गरेको भिडियोलाई गम्भीर बिस्टको निर्देशनमा तयार पारिएको हो । ए प्लस नामक युट्युव च्यानाल मार्फत भिडियो सार्वजनिक गरिएको हो । निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।