एकै दिन १७ अंकले घट्यो नेप्से

Dec 20th, 2021

काठमाडौ, पुुस ५
नेप्से उच्च अंकले घटेको छ । साताको दोस्रो कारोवार दिन आज सोमबार नेप्से १७ दसमलव ९३ अंकले घटेर २३ सय ५८ दसमलव ८१ अंकमा झरेकोमा सेन्सिटिभ पनि दुुई दसमलव ३४ अंकले घटेर चार सय ५१ दसमलव १९ अंकमा झरेको छ । आज दुई सय ३१ वटा वटा कम्पनीहरुको ३७ हजार तीन सय ६७ पटकको कारोवारमा ५४ लाख ३९ हजार ८७ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम दुुई अर्ब ४६ करोड ४६ लाख ८९ हजार आठ सय ६३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा ११ वटा समुहले गुमाएकाछन भने दुुई वटा समुहले कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुुचक सात दसमलव ८६ अंकले घटेर १६ सय ४२ दसमलव ६५ झरेकोमा जलबिद्युत समुहको सुचक पनि ५२ दसमलव ७७ अंकले घटेर २६ सय दुई दसमलव ५३ अंकमा झरेको छ । निर्जिवन बीमा समुहको सुचक पनि एक सय ७० दसमलव १९ अंकले घटेर १० हजार २८ दसमलव नौ अंकमा झरेकोमा बिकासा बैंक, जीवन बीमा, टे«डिङ, होटल तथगा पर्यटन, फाईनान्स, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुुचक पनि घटेकाछन । उत्पादनमुलक र लघुुबित्त समुहको सुचक भने आज बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा गाोर्खाज फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा माउन्टेन इर्नर्जी नेपाल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पनि गोर्खाज फाईनान्स नै परेको छ ।