नक्कली रुपैयाँसहित दुई जना पक्राउ

Dec 19th, 2021

सर्लाही, पुस ४
सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ स्थित सीमा ईलाकाबाट पौष ३ गते सशस्त्र प्रहरीले नक्कली नेपाली रुपैयाँ एक लाख १५ हजार र ४७ हजार पाँच सय भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतमा घर बताउने ४८ बर्षिय प्रमोद कुमार र ३७ बर्षिय आशिष कुमार छन् । बी आर ३० वाई ४१३९ नम्बरको भारतीय मोटरसाईकलमा नेपालबाट भारततर्फ जादै गरेका उनीहरुले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछी सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।