• गृहपृष्ठ
  • कुशल नेता बन्न के गर्नुपर्छ? हेर्नुस् दार्शनिक चाणक्यले यस्तो वताएका छन्

कुशल नेता बन्न के गर्नुपर्छ? हेर्नुस् दार्शनिक चाणक्यले यस्तो वताएका छन्

Dec 17th, 2021

आधारभूमि संवाददाता

काठमाडौ २ पुस

राजनीति र कूटनीतिका ज्ञाता आचार्य चाणक्यले कुशल नेतृत्वका लागि धेरै कुराहरू बताएका छन् ।
उनका वताएका कुरा त्यही वेलाको परिवेशसंग मिल्ने खालका थिए । तर उनका वाणीमाा दूरदर्शिता थियो । त्यसैले त सताब्दीऔं पुरानो भएपनि चाणक्यको नीतिलाइ वर्तमान समयमा पनि उत्तिकै प्रासंगिक मानिन्छ ।

इसा पूर्व ३७० तिर जन्मीएका चाणक्य वा कौटिल्य उनी तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए ।

उनले नन्द वंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाएका थिए । साथै उनले अर्थशास्त्र , राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए। उनको जीवनका घटनाहरूको विशेष सम्बन्ध मौर्य चन्द्रगुप्तको राज्यप्राप्तिसँग रहेको छ ।

मौर्य साम्राज्यका संस्थापक चाणक्य कुशल राजनीतिज्ञ, चतुर कुटनीतिज्ञ, प्रकाण्ड अर्थशास्त्रीको रुपमा पनि विश्वविख्यात भए । उनले राजनीति गर्ने तै्रर तरिका तथा नेतृत्वमा हुनुपर्ने गुणको बारेमा पनि धेरै कुरा सिकाएका छ ।
चाणक्यका अनुसार एक सफल नेता बन्नका लागि आफ्नो गल्तीहरूबाट सधैं सिक्नुपर्छ ।

यदि आफ्नो गल्तीबाट सिक्ने समय छैन भने अरूले गरेको गल्तीबाट सिक्नुपर्छ ।उनी भन्छन् यसो गर्नाले कोही पनि व्यक्ति छिटै आफ्नो लक्ष्य प्राप्त गर्न सक्छ ।

चाणक्यका अनुसार कुनै पनि नेतृत्वकर्ता धेरै इमान्दार हुनु हुँदैन । सबैभन्दा पहिला सिधा उभिएको रुख काटिन्छ भन्दै उनी भन्छन्, ‘यही कारण इमान्दार भएर मात्र पुग्दैन, सतर्क पनि रहनुपर्छ ।’

एउटा राम्रो नेता बन्न कर्मको सिद्धान्तलाई पछ्याउनुपर्ने उनको उपदेश छ । उनले धर्मशास्त्रलाई महत्त्वपूर्ण मान्दै भनेका छन् कर्म सिद्धान्तलाई कहिले पनि नजरअन्दाज गर्नु हुँदैन ।

मान्छेको भाग्यको फैसला उनीहरूको कर्मका आधारमा हुने उनको तर्क छ । साथै उनले एक सफल लिडरको बन्नको लागि गोपनीयतामा कायम राख्नुपर्नेमा जोड दिन्छन् ।