३७ अंकले घट्यो नेप्से

Dec 16th, 2021

काठमाडौ, पुस १
नेप्से घटेको छ । आज बिहिबार नेप्से ३७ दसमलव ८७ अंकले घटेर २३ सय ७६ दसमलव ७४ अंकमा पुग्दा सेन्सिटिभ पनि पाँच दसमलव ८८ अंकले घटेर चार सय ५३ दसमलव ५३ अंकमा झरेको छ । दुई सय २४ वटा कम्पनीहरुको ३७ हजार दुुई सय ३६ पटकको कारोवारमा ५३ लाख ७९ हजार आठ सय ६० कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम दुुई अर्ब ३० करोड १७ लाख ५१ हजार नौ सय ६८ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा सामुुहिक लगानी कोष समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दसमलव ६८ अंकले घटेर १६ सय ५० दसमलव ५१ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि ५६ दसमलव २३ अंकले घटेर २१ सय चार दसमलव ६३ अंकमा पुुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि आज दुई सय ६४ दसमलव ६१ अंकले घटेर १० हजार एक सय ९८ दसमलव २८ अंकमा पुग्दा बिकास बैंक, जलबिद्युत, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा नेपाल बंगलादेश बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा घलेम्दी हाईड्रो पावर पार्टनर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने प्रभुु बैंक पहिलो स्थानमा परेको छ ।