• गृहपृष्ठ
  • प्राधिकरणको नयाँ विलिङ सिस्टम, पुस ५ सम्म काउन्टर बन्द

प्राधिकरणको नयाँ विलिङ सिस्टम, पुस ५ सम्म काउन्टर बन्द

Dec 16th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १ पुस

के तपाई बिजुलीको बिल तिर्न जादै हुनुहुन्छ ? हुनुहुन्छ भने पुस सो काम पुस ६ पछिलाई सार्नुस् । किनभने नेपाल विद्युत प्राधिकरणले सबै आय संकलन काउन्टरहरू आजदेखि पुस पाँच गतेसम्मका लागि बन्द गरेको छ ।

प्राधिकरणले बिलिङ सिस्टम अद्यावधिक गर्नुपर्ने भएकाले सबै आय संकलन काउन्टरहरू बन्द गरिएको जनाएको छ । विद्युत प्राधिकरणका उपभोक्ताको २०७८ मंसिर महिनाको खपत अर्थात् पुस १ गतेदेखिको रिडिङमा लागू हुने गरी नयाँ विद्युत महसुल निर्धारण भएको छ ।

प्रधिकरणका अनुसार सो अनुरुप परिवर्तित महसुल दर नेपाल विद्युत प्राधिकरणको एम(पावर विलिङ सिस्टममा पुस महिनादेखि एकसाथ लागू हुने गरी अद्यावधिक गर्नुपर्ने हुन्छ । त्यसैले आय संकलन काउन्टरहरु बन्द गर्नु परेको आयोगको भनाई छ ।