• गृहपृष्ठ
  • सुनिता र प्रतापको ‘मायाको डोरी’ सार्वजनिक (भिडियो सहित)

सुनिता र प्रतापको ‘मायाको डोरी’ सार्वजनिक (भिडियो सहित)

Dec 16th, 2021

काठमाडौ, पुस १
गायिका सुनिता दुलाल र गायक प्रताप दासको स्वरमा सजिएको ‘मायाको डोरी’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतको भिडियो सुनिता दुलाल युट्युब च्यानलमार्फत बजारमा आएको हो ।

गीतमा बबिता बानियाँ जेरीको शब्द तथा संगीत रहेको छ । कमल सौरागले संगीत संयोजन गरेको गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ÷मास्टरिङ गरेका हुन् । भिडियोमा अभिनेता पल शाह, अभिनेत्री केकी अधिकारी, मोडल अन्जना रसाइली, भोजराज शर्मा, निमा ल्हामु शेर्पा लगायतलाई देख्न सकिन्छ । काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाँकन रहेको छ । भिडियोलाई प्रबिन श्रेष्ठले सम्पादन गरेका हुन् ।

यो गीतलाई राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्सन गरेको हो । यसअघि सुनिता र प्रतापले गाएको बाँसको कप्टेरो बोलको गीतले सर्वाधिक चर्चा पायो । यो सँगै सुनिताको ‘मुखैमा चिनी’, ‘चुरा टीका लाली’, ‘झम्के फुली’, ‘माया वास्तै नगर्नी’, ‘यसपाली नि दर खाने’ लगायतका गीत हिटको सूचीमा छन् ।