• गृहपृष्ठ
  • समिर खान र विनाको फिचरिङमा जाउ तिमी सार्वजनिक (हेर्नुस् भिडियाे)

समिर खान र विनाको फिचरिङमा जाउ तिमी सार्वजनिक (हेर्नुस् भिडियाे)

Dec 16th, 2021

काठमाडौ, पुस १
गायक प्रमोद खरेलको नयाँ गीत जाउ तिमी को म्युजिक भिडिओ सार्वजनिक भएको छ । झलक शर्मा सापकोटाको शब्द र राजेन्द्र केशव सापकोटाको संगीतमा बनेको गीतको म्युजिक भिडिओमा समिर खान र विना राउतले अभिनय गरेका छन ।

हेमन्त शिशिरको संगीत संयोजनको गीतमा प्रेम र बिछोडको पीडा व्यक्त गरिएको छ । करण चैसिरको छायाँकन, अमृत चापागाँईको सम्पादन तथा सिर्जन बरालको निर्देशन भिडियोमा रहेको छ । आकर्षक रुपमा निमार्ण गरिएको भिडियोमा प्रेम र रोदनलाई समायोजन गरि निमार्ण गरिएको छ ।