• गृहपृष्ठ
  • सीजी ब्रुअरीले ल्यायो नेपालमा पहिलो पटक जाडोका लागि उत्कृष्ट टिमुर बियर

सीजी ब्रुअरीले ल्यायो नेपालमा पहिलो पटक जाडोका लागि उत्कृष्ट टिमुर बियर

Dec 14th, 2021

काठमाडौ, मंसिर २८
चौधरी ग्रुप अन्तर्गतको सीजी ब्रुअरीले नेपालमा पहिलो पटक टिमुर बियर बजारमा ल्याएको छ ।नेपालमा सर्वाधिक लोकप्रिय बियर ‘नेपाल आईस’ ब्राण्ड अन्र्तगत टिमुर बियर उत्पादन गरिएको हो । यो बियर नेपालमा उपलब्ध स्थानीय जडीबुटी टिमुरको समिश्रणबाट तयार पारिएको छ ।

सीजी ब्रुअरीले बेला बेलामा आप्mना बियरका पारखिहरूका लागि फरक तथा उत्कृष्ट स्वादमा बियर उत्पादन गर्दै आएको छ । यस्ता उत्पादन उपभोक्तावीच अत्यन्तै लोकप्रिय सावित हुदै आएका छन् । टिमुरको स्वादमा उत्पादन गरिएको योे वियरले उपभोक्तालाई भरपुर सन्तुष्टि दिने विश्वास कम्पनीको छ । नेपाली समाजमा परम्परादेखि टिमुरलाई चिसोबाट जोगिनका लगि उपभोग गरिदै आएको छ । टिमुरको समिश्रणबाट उत्पादित यो बियर जाडो मौसममा पिउनका लागि उत्कृष्ट मानिएको छ । यो बियर ६५० मि.लि. र ३३० मि.लि. बोतलमा बजारमा उपलब्ध छ । ६५० मि.लि. प्रतिबोतलको उपभोक्ता मुल्य रू.३४०/– र ३३० मि.लि. बोतलको उपभोक्ता मुल्य रू.१७५/– कायम गरिएको छ ।