• गृहपृष्ठ
  • बैकिङ् कसूर मुद्दाका फरार प्रतिवादी मर्हजन पक्राउ

बैकिङ् कसूर मुद्दाका फरार प्रतिवादी मर्हजन पक्राउ

Dec 14th, 2021

काठमाडौ, मंसिर २८
बैकिङ् कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. २१ बस्ने बर्ष ४२ का अमर महर्जनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी २०७५ असोज २४ गते मेगा बैंक लिमिटेडको चेकहरु काटी दिएको वैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गर्दै सम्मानित उच्च अदालत पाटनले २०७८ असोज आठ गते प्रतिवादी अमर महर्जनको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम चार दिन कैद र ४५ लाख ५० हजार रुपैंया मात्र जरिवाना हुने फैसला भएकोमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले प्रतिबादीलाई शंखमुल, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज मंगलबार ललितपुर जिल्ला अदालतमा पेश गरेको सिआईबीले जानकारी दिएको छ ।