• गृहपृष्ठ
  • जापानमा बढ्दैछ नेपाली बिद्यार्थिको चाख, ४ महिनामा ६ हजारले लिए नो अब्जेक्सन्

जापानमा बढ्दैछ नेपाली बिद्यार्थिको चाख, ४ महिनामा ६ हजारले लिए नो अब्जेक्सन्

Dec 14th, 2021

आधारभूमि संदाददाता
काठमाडौं, मंसिर २८
स्वदेशमा गुणस्तरीय शिक्षा सँगै रोजगारीको सुनिश्चीतता हुन नसक्दा बिदेशीने मुलुक प्रत्येक वर्ष बढ्दै गएको छ ।

बैदेशिक अध्ययन अनुमति साखाका अनुसार यो वर्षको चार महिनामा मात्रै जापान जानका लागि ६ हजार ९ सय ९० युवायुवतीले नो अब्जेक्सन् लेटर लिएका छन् । अमेरिकाका लागि भनेर २ हजार ७ सय र बेलायतका लागि २ हजार ९ सय ९० जनाले अनुमति लिएका छन् ।

नेपालबाट अहिले १ सय ३ मुलुकमा पढ्नका लागि युवा बाहिरिने गरेको सरकारी आकडा छ । यसरी उच्च शिक्षाका लागि भनेर बिगत २२ वर्षमा ४ लाख १६ हजार युवायुवती बिदेशीएका छन् ।

गत वर्षको कात्तिक मसान्तसम्म १४ हजार २५ जनाले बिदेश पढ्न जानका लागि अनुमति लिएकामा यो वर्षको सोहि अवधिमा १९ हजार ६ सय ७० जनाले यस्तो अनुमति लिएका छन् । अर्थात एक वर्षमा बिदेश जानका लागि अनुमति लिनेको संख्या नै ४० प्रतिशतले बढेको छ ।

गुणस्तरीय शिक्षा र रोजगारीको अभावमा मुलुकबाट बाहिरिने रकम र युवाजनशक्तिको संख्या वर्षेनि बढ्दैछ ।

यसरी उच्च शिक्षाका लागि मुलुकबाहिर जाने क्रम बढेसँगै मुलुकबाट बाहिरिने रकम पनि बढ्दै गएको छ । चालु आर्थिक वर्षको तीन महिनामा मात्रै मुलुकबाट पढ्न जानेहरुबाट मात्रै ८ अर्ब ९२ करोड बाहिरिएको छ । चालु आर्थिक वर्षको तीन महिनामा मात्रै यसरी पढ्न तथा घुम्न जानका लागि बाहिरिने रकम गत वर्षको सोहि अवधिको तुलनामा १ सय ८७ प्रतिशतले बृद्धि भएको छ ।

महामारीकाका कारण विदेश पढ्न जानेहरु ठप्प जस्तै हुँदा पनि बिदेश गइसकेकाले जागीर गुमाएका कारण मुलुकबाट रकम बाहिरिन भने घटेको छैन ।

चालु आर्थिक वर्षको तीन महिनामा मात्रै यसरी पढ्न तथा घुम्न जानका लागि बाहिरिने रकम गत वर्षको सोहि अवधिको तुलनामा १ सय ८७ प्रतिशतले बृद्धि भएको छ ।