• गृहपृष्ठ
  • श्रम प्रशासन सुधारका लागि आइएलओको सहयोग

श्रम प्रशासन सुधारका लागि आइएलओको सहयोग

Dec 13th, 2021

काठमाडौ, मंसिर २७
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले नेपालको श्रम प्रशासन सुधारका लागि आवश्यक बिभिन्न सामाग्रीहरु सरकारलाई हस्तान्तरण गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का नेपाल निर्देशक रिचार्ड होवार्डले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई बिभिन्न सामाग्रीहरु हस्तान्तरण गरेकाछन ।

आइएलओले पाँच वटा मोटरसाइकल, २४ वटा ल्यावटप–प्रिन्टर लगायतका सामाग्री मन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेको हो । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक वा देशभित्र रोजगारी गर्ने मजदुरको सुरक्षा र समस्या समाधानमा प्राविधिक सहयोग गर्दैं आएको निर्देशक होवार्डले बताए । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारी क्षेत्र व्यवस्थीत गर्न आइएलओले गर्दै आइरहेको सहयोगका लागि धन्यवाद दिए ।

आइएलओको प्राविधिक सहयोगमा नेपालमा मर्यादित कामका लागि देशीय कार्यक्रम सन् २०१८–२०२२ सञ्चालनमा छ । नेपाल सन् १९६६ मा संयुक्त राष्ट्र संघको विशिष्टकृत संस्था अन्तराष्ट्रिय श्रम संगठनको सदस्य भएको थियो । श्रमिकको सीप विकास, श्रम शोषण र बाल श्रमविरुद्धका क्षेत्रमा आइएलओले नेपालमा काम गर्दै आएको छ ।