एकैदिन ७९ अंकले घट्यो नेप्से

Dec 13th, 2021

काठमाडौ, मंसिर २७
नेप्से उच्च अंकले घटेको छ । आज सोमबार नेप्से ७९ दसमलव २३ अंकले घटेर २२ सय ८२ अंकमा झर्दा सेन्सिटिभ पनि १२ दसमलव ४७ अंकले घटेर चार सय ३७ दसमलव ५९ अंकमा पुुगेको छ । आज दुई सय ३३ वटा कम्पनीहरुको ६२ हजार आठ सय नौ पटकको कारोवारमा ९६ लाख ७९ हजार ७२ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम तीन अर्ब ९९ करोड ५६ लाख चार हजार एक सय ७८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा सबै समुहहरुको सुचक घटेर नेप्से रातै भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३४ दसमलव ११ अंकले घटेर १५ सय ९६ दसमलव ९७ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि एक सय पाँच दसमलव ८२ अंकले घटेर २५ सय ३१ दसमलव ५९ अंकमा पुुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुहिक लगानी र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा गोर्खाज फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा स्वाभिमान लघुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नबिल बैंक परेको छ ।