नेप्सेमा ८८ अंकको पहिरो

Dec 12th, 2021

काठमाडौं, मंसिर २६
नेप्सेमा परिहरो गएको छ । आज आईतबार नेप्से ८८ दसमलव सात अंकले घटेर २३ सय ६१ दसमलव २७ अंकमा पुग्दा सेन्सिटिभ पनि १५ दसमलव १५ अंकले घटेर चार सय ५० दसमलव आठ अंकमा पुगेको छ । आज नेप्सेमा दुई सय २८ वटा कम्पनीहरुको ५१ हजार आठ सय ४४ पटकको कारोवारमा ७४ लाख छ हजार आठ सय ७४ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम तीन अर्ब ३८ करोड २५ लाख नौ हजार पाँच सय २० रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४४ दसमलव ४३ अंकले घटेर १६ सय ३० दसमलव ९५ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि िएक सय २४ दसमलव ९६ अंकले घटेर २६ सय ३७ दसमलव २८ अंकमा झरेको छ । फाईनान्स समुहको सुचक पनि एक सय दसमलव २७ अंकले घटेर दुई हजार ५५ दसमलव ९६ अंकमा झरेकोमा बिकास बैक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा युनिलिभर नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नयाँ सारथी लघुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने मञ्जुश्री फाईनान्स परेको छ ।