• गृहपृष्ठ
  • सशस्त्र प्रहरीद्धारा दूईनाले बन्दुकसहित तीन जना पक्राउ

सशस्त्र प्रहरीद्धारा दूईनाले बन्दुकसहित तीन जना पक्राउ

Dec 10th, 2021

कैलाली, मंसिर २४
कैलाली जिल्लाको भजनी नगरपालिका ७ स्थित हुलाकीमार्गबाट मंसीर २४ गते सशस्त्र प्रहरीले दूईनाले बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा सोही जिल्लाको घोडाघोडी नगरपालिका बस्ने ५५ बर्षिय दयाराम चौधरी, ३५ बर्षिय अजय चौधरी र २९ बर्षिय तुलाराम चौधरी छन् । दुई वटा मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हिम्मतपुरले सो बन्दुकमा प्रयोग हुने ८ वटा टोटा कार्टिजसहित पक्राउ गरेको हो ।


पक्राउ परेकाहरुलाई बरामद बन्दुक तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।