• गृहपृष्ठ
  • एक करोड ६४ लाख भ्रष्टाचारको आरोपमा पूर्वअधिकृतविरुद्ध मुद्दा

एक करोड ६४ लाख भ्रष्टाचारको आरोपमा पूर्वअधिकृतविरुद्ध मुद्दा

Dec 9th, 2021

आधारभूमि संवाददाता

२३ मंसिर, काठमाडौं

अर्थमन्त्रालयका एक पूर्व कर्मचारी विरुद्ध ठूलो मात्रामा स्रोत नखुलेको रकम आर्जन गरेको आरोपमा मुद्दा चलाइएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थमन्त्रालयका पूर्व शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनलाई विभिन्न कार्यालयमा काम गर्दा स्रोत नखुलेको १ करोड ६४ लाख ८९ हजार ७०० सय रुपैयाँ २५ पैसा आर्जन गरेको आरोप लागेको छ ।

थपलीय २०४० फागुन ६ गतेदेखि सरकारी सेवामा प्रवेश गरेका थिए । उनले २०७५ चैत ३० गते अवकाश हुनुअघिसम्म २ करोड ६७ लाख ७१ हजार ९५८८ रुपैयाँ आम्दानी गरेका थिए । अख्तियारका अनुसार उनको वैध आय १ करोड २ लाख ८२ हजार २ सय ५८ रुपैयाँ मात्र देखिन्छ ।

सो रकममध्ये एक करोड ६४ लाख ८९ हजार ७०० रुपैयाँ भ्रष्टाचार मार्फत आर्जन गरेको भन्दै अख्तियारले उक्त रकम जफत र भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही गर्न माग गरेको छ ।