• गृहपृष्ठ
  • गायक तथा संगीतकार राजनराज शिवाकोटीको ‘ढोकै खुलेन’ को सर्वत्र चर्चा (भिडियो)

गायक तथा संगीतकार राजनराज शिवाकोटीको ‘ढोकै खुलेन’ को सर्वत्र चर्चा (भिडियो)

Dec 8th, 2021

काठमाडौ, मंसिर २२
गायक तथा संगीतकार राजनराज शिवाकोटीको नयाँ गीत ‘ढोकै खुलेन’ को भिडियो सार्वजनिक भएको छ । गायक शिवाकोटीकै शब्द र संगीत रहेको गीतमा गायक शिवाकोटीलाई गायिका सरु गौतमले स्वरमा साथ दिएकी छिन् ।

एक प्रेमील जोडीको प्रेमको रमाइलो किस्सालाई भिडियोमा कलात्मक शैलिमा देखाइएको छ । जसमा टिकटकबाट चर्चा कमाएकी मोडल समारिका ढकाल र प्रथम क्षेत्रीको अभिनय देख्न सकिन्छ ।

सियोन श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको भिडियोको छायांकन चक्र बहादुर बरालले गरेका हुन् । सिलन लम्सालको सम्पादन र कलर रहेको गीतको भिडियोलाई गायक सुवास पुरीले प्रस्तुत गरेका हुन् । गायक पुरीका कुरा काट्ने मान्छेले काटुन, मन बुढो भएन लगायतका गीतहरु चर्चित छन् ।