• गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंकको कमाने शाखाद्वारा गणेश टोल बिकाश संस्थालाई डस्ट बिन प्रदान

महालक्ष्मी विकास बैंकको कमाने शाखाद्वारा गणेश टोल बिकाश संस्थालाई डस्ट बिन प्रदान

Dec 7th, 2021

काठमाडौ, मंसिर २१
महालक्ष्मी विकास बैंक लिमिटेडको कमाने शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हेटाँैडा उपमहानगरपालिका ११ मा रहेको गणेश टोल बिकास संस्थालाई २० थान ठुलो डस्ट बिन सहयोगस्वरुप प्रदान गरेको छ । शहिद स्मारक पार्कमा आयोजित एक भव्य कार्यक्रमबिच कमाने शाखाका प्रबन्धक रोशन सेन गुप्ता र हेटौँडा ११ काकार्यबाहक अध्यक्ष रामचन्द्र न्यौपानेले उक्त डस्ट बिनहरु गणेश टोल बिकाश संस्थाका अध्यक्ष तारा कप्रौलालाई संयुक्तरूपमा हस्तान्तरण गरेका हुुन ।

उक्त कार्यक्रममा स्थानिय निकायका पदाधिकारीहरु, सामाजिक अभियान्ता, स्थानिय उद्योगी, ब्यापारी तथा बैंकका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । यस किसिमको सहयोगले टोलको सौन्दर्यीकरणमा टेवापुग्ने विश्वास बैंकले लिएको छ । कार्यक्रममा बोल्दै हेटौंडा ११ का कार्यबाहक वडा अध्यक्ष न्यौपानेले सबै मिलेर आ–आफ्नो टोललाई सफा र हराभरा राख्न सके सबै वडा आफै राम्रो हुने र विकासको गति बढ्ने कुरा बताए । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा बैंकले जनाएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दे आइरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस ट्राभल कार्ड, इ कर्मस कार्ड, डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, इ कर्मस कार्ड, डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक ः महालक्ष्मी विकास बैंक रहेको छ ।