• गृहपृष्ठ
  • आफैंले रोजेको ठाउँमा पुगे स्थानीय तहका १ हजार ६ सय कर्मचारी

आफैंले रोजेको ठाउँमा पुगे स्थानीय तहका १ हजार ६ सय कर्मचारी

Dec 7th, 2021

आधारभूमि संवाददाता

काठमाडौं २१ मंसिर।

सरकारले ठूलो संख्यामा स्थानीय तहका कर्मचारीको सरुवा गरेको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले १ हजार ६ सय जनाभन्दा बढी कर्मचारीको काज सरुवा गरेको हो ।

मन्त्रालयले काज सरुवाको निर्णय मंगलबार सार्वजनिक गरेको हो । स्थानीय तहमा कार्यरत र अपायक भएका कर्मचारीहरुलाई उनीहरुको निवेदनका आधारमा कामकाज गर्नेगरी अर्को स्थानीय तहमा खटाउने गरी सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भई नियुक्त भएका स्थानीय तहका कर्मचारीहरुलाई मात्रै सरुवा गरिएको हो।

तर सरकारले मापदण्ड पूरा नगरेकाहरुलाई सरुवा गरेको छैन ।कर्मचारीले सरुवाको निवेदन दिएपनि सरुवाको निर्णय नभएका कर्मचारीहरुको हकमा कारणसहित निर्णय भएको मन्त्रालयले जनाएको छ ।