• गृहपृष्ठ
  • नेपाल पेमेन्ट सोलुसन्स र मञ्जुश्री फाईनान्सबिच सम्झौता

नेपाल पेमेन्ट सोलुसन्स र मञ्जुश्री फाईनान्सबिच सम्झौता

Dec 7th, 2021

काठमाडौ, मंसिर २१
नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दे मञ्जुश्री फाईनान्ससंग सहकार्यको लागि सम्झौँता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सी.एक्स.्ओ र सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा फाईनान्सका तर्फबाट सन्तोष निरौला, प्रमुख कार्यकारी अधिकृत र सुनिल शाही आईटी हेडले सम्झौता गरेका हुुन ।

यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले मञ्जुश्री फाईनान् डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, मञ्जुश्री फाईनान्ससंग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ ।

नेपाल पेमेन्ट सोलुसन प्रा. लि. एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले बिशेषगरी बैंक तथा बित्तीय संस्थाहरु पीएसपी, रेमिटेन्स कम्पनीहरु व्यावसायीक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्दछ । नेपाल पेमेन्ट सोलुसन्सले अधिकाशं “क” वर्ग, “ख” वर्ग र “ग” वर्गका बैंक तथा बित्तीय संस्थाहरुसंग सहकार्य गरी काम गरेको छ । समग्रमा नेपाल पेमेन्ट सोलुसन्स एउटा फिन्टेक क्षेत्रमा नाम बनाईसकेको बलियो कम्पनी हो । यसले ५० भन्दा बढी बैंक, २० भन्दा बढि वालेट तथा १५ भन्दा बढि रेमिटेन्स कम्पनीहरुलाई जोड्दै अगाडि बढिरहेको छ ।