• गृहपृष्ठ
  • उपत्यकाबाट मोटरसाईकल चोर्ने गिरोहका सात जना पक्राउ

उपत्यकाबाट मोटरसाईकल चोर्ने गिरोहका सात जना पक्राउ

Dec 7th, 2021

काठमाडौ, मंसिर २१
काठमाडौ उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर बिक्री वितरण गर्ने गिरोहलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले काठमाण्डौका बिभिन्न स्थानमा बिशेष अपरेसन संचालन गरि मोटरसाईकल चोरी गर्ने, डिस्मेण्टल गर्ने र बिक्रि बितरण गर्नेसमूहका सात जनालाई पक्राउ गरेको हो ।

टोलीले रौतहट चन्द्रनिगाहापुर ९ सन्तपुर घर भई हाल किर्तिपुर बस्ने बर्ष १९ को नर कुमार पुडासैनीलाई गत बर्षको माघमा बानेश्वरबाट हराएको प्र३–०२–०१३प ३६६० नम्बरको २२० सिसिको पल्सर मोटरसाईकलको नम्बर परिबर्तन गरि चलाईरहेको अबस्थामापशुपति क्षेत्रबाट पक्राउ गरेका हो । थप अनुसन्धानको क्रममान्युरोडबाट जुम्ला सिंङ्जा गा.पा. ६ हाल किर्तिपुर वस्ने वर्ष २० को पुन्दलाल बुढालाईमोटरसाईकल सहित पक्राउ गरेको हो । यहि मंसिर ८ गते बत्तिसपुतलीबाट हराएको बा.प्र.०२–०२२प ६५१८ नम्बरलाई परिबर्तन गरि बा.प्र–०२–०२५प १३९१ प्रयोग गरेको अबस्थामायामाहाको च्ज्ञछ मोटरसाईकल सहित बुढा पक्राउ परेका हुन ।

किर्तिपुर एरियाबाटकाठमाण्डौका वर्ष २२ को सन्तोष महर्जन सहितरौतहट गुजरा न.पा. २ घर भई हाल सानोभर्याङ बस्ने वर्ष ३४ को ज्ञानेन्द्र चौधरी, रौतहट गुजरा न.पा. ३ घर भई हाल बानेश्वर बस्ने वर्ष ३२ को रवि कुमार कुशवाहा,उदयपुर घर भई हाल किर्तिपुर बस्ने कमल बहादुर बस्नेत रबारा गढिमाई घर भई किर्तिपुर बस्ने वर्ष २२ को रन्जित प्रसाद गुप्तालाई पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

पक्राउ परेका चौधरी यस भन्दा अघि पनि मोटरसाईकल चोरीमा कारबाही भोगेका व्यक्ति हुन् । रौतहटका चौधरी रकुशवाहा मोटरसाईकल चोरी गिरोहका मुख्य व्यक्ति रहेको समेत अनुसन्धानबाट देखिएको एसएसपी भट्टराईले जानकारी दिनुभयो ।त्यसैगरि किर्तिपुरबाट पक्राउ परेका रंजित प्रसाद गुप्ताले चोरी गरि ल्याएका मोटरसाईकलहरुलाई ग्यारेजमा सुरक्षित राख्ने, सामानहरु डिस्मेण्टल गर्ने र फेरबदल गर्ने गरेको समेत देखीएको भट्टराईको भनाई छ । गुप्ता किर्तिपुरमा रहेको रंजित मोटरसाईकल वर्कसपका संचालक समेत रहेको खुल्न आएको महाशाखाले जनाएको छ । पक्राउ परेका गुप्ता र सन्तोष महर्जनले ग्राहकहरु खोज्ने र सस्तो मुल्यमा मोटरसाईकलहरु किनवेच गर्नेमुख्य भुमिका समेत खेल्ने गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले बताएको छ ।

बरामद गरेका ७ थान मोटरसाइकल मध्य एउटा यामाहाकोच्ज्ञछ र अन्य६ ओटा २२० सिसिको पल्सर मोटरसाइकल रहेको महाशाखाले जनाएको छ । त्यस्तै गरि ईन्जिन तथा विभिन्न भागहरू काटेर टुक्रा पारेको अवस्थामा यहि असोजमा ताहाचलबाट हराएको बा–प्र–०२–०१९प ९४९८ नम्बरको २२० सिसि पल्सर मोटरसाईकल समेत बरामद गरेको महाशाखले जानकारी दिएको छ ।पक्राउ गरिएको मोटरसाईकल र चोरीमा संलग्नहरूलाई आवश्यक कारवाहीको लागि विभिन्न महानगरीय प्रहरी वृत्तहरूमा पठाईएको महाशाखाले जनाएको छ ।