एकै दिन ३७ अंकले घट्यो नेप्से

Dec 7th, 2021

काठमाडौ, मंसिर २१
नेप्से उच्च अंकले घटेको छ । आज मंगलबार ३७ दसमलव १८ अंकले घटेर २५ सय आठ दसमलव ९० अंकमा पुगेको छ भने सेन्सिटिभ छ दसमलव ८५ अंकले घटेर चार सय ७४ दसमलव १३ अंकमा झरेको छ । दुई सय ३१ वटा कम्पनीहरुको ४९ हजार सात सय ४१ पटकको कारोवारमा ८३ लाख ३० हजार ९३ कित्ता सेयर किनबेच भएको छ भने कारोवार रकम तीन अर्ब १२ करोड ८३ लाख ४१ हजार सात सय रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा टे«डिङ र सामुुहिक लगानी कोष समुहले कमाएकाछन भने बाँकी ११ वटा समुहले गुमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १३ दसमलव ५५ अंकले घटेर १७ सय तीन दसमलव ९६ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ७४ दसमलव ६९ अंकले घटेर २६ सय ६८ दसमलव ६१ अंकमा पुुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा सिटिजन्स म्युचुअल फण्ड २ परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा आईसीएफसी फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने प्राईम कर्मसियल बैंक परेको छ ।