कस्तो रहला आजको मौसम ?

Dec 7th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, २१ मंसिर

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। अहिले पहाडी भूभागमा आंशिक बदली रही देशका थोरै भू भागहरूमा हुस्सु र कुहिरो लागेको छ।

२०७८ मंसिर २१ गते मंगलबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली, बांकी पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भुभागको एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसैगरी राती प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई र यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।